गाउँपालिका स्तरीय शिक्षक फुटबल प्रतियोगिताको उपाधि आयोजक टिम भानु माबिको हातमा

हेटौडा टुडे
१७ कार्तिक २०७८, बुधबार २१:००

हेटौंडा । कार्तिक १६ गतेबाट सुरु भएको मवानपुरगढी गाउपालिका स्तरीय शिक्षक फुटबल प्रतियोगिताको उपाधी  आयोजक टिम भानु माबि मक्रान्चुलिले जितेको छ । बुधबार भएको फाईनल खेलमा भानु माबीे, बंशगोपाल माबी संंग १२-३ गोल अन्तरले बिजयी भएको हो । मकवानपुरगढी गाउँपालिकामा वडा नम्बबर ३ भानु मिनि पिच आयोजना भएको प्रतियोगितामा ११ विद्यालयका शिक्षक टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बंशगोपाल माबी द्धितिय र रानीशेरा माबी तृतिय भएको छ ।  प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार र ट्रफि र , द्धितिय हुनेले ८ हजार र ट्रफि र तृतिय हुनेले ५ हजार र ट्रफि प्रमाणपत्र प्राप्त गरेका छन ।

प्रतियोगितामा बेस्ट गोल किपर शिबराम फुँयाल सर्बाधिक गोलकर्ता भरतमोहन देबकोटा उत्कृष्ट डिफेन्डर सुमन थिङ घोषीत भएका छन । प्रतियोगिताको समापन कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*