तिहारमा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाद्वारा बाल खेलकुद प्रतियोगिता

हेटौंडा टुडे
१८ कार्तिक २०७८, बिहीबार १२:०७

हेटौँडा / तिहारको अवसरमा हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले विविध बाल खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । संस्थाको चालु आव ०७८ र ०७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । संस्थाले प्रत्येक बर्ष लक्ष्मीपूजाको दिन बाल केन्द्रीत खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

संस्थाको कार्यालयमा भएको चकलेट रेस प्रतियोगितामा आहाना खनाल प्रथम, आरोहि अर्याल द्धितिय र सोरा ढकाल तृतिय भएका थिए । यसैगरी, म्युजिकल
चियरमा आरोहि गौतम प्रथम र घाम्पो फुटाईमा मानसि चौलागाई प्रथम भएकी थिईन् ।

संस्थाका सल्लाहकार बद्री बहादुर पाठकको प्रमुख आतिथ्यता एवम संस्थाका उपाध्यक्ष श्याम प्रसाद भट्टराईको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका सचिव मीना अधिकारी, कोषाध्यक्ष चेतनाथ खतिवडा, पूर्व उपाध्यक्ष खिलप्रसाद गौतम, पूर्व व्यवस्थापक प्रल्हाद शर्मा आचार्य, संस्थाका कर्मचारी, शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*