हेटौंडामा कात्तिक २५ गतेबाट ‘चोरपुलिस’ प्रर्दशनमा आउने

हेटौडा टुडे
१८ कार्तिक २०७८, बिहीबार १२:१२

हेटौँडा/ हेटौंडामा नेपाली कथानक चलचित्र ‘चोरपुलिस’ प्रर्दशन हुने भएको छ । बुधबार हेटौैैंडामा पत्रकार सम्मेलन गर्दै चलचित्र ‘चोरपुलिस’ कार्तिक २५ गते हेटौंडाको ओम्याक्स हलमा प्रर्दशन हुने जनाइको हो । चलचित्र दिउँसो १२ बजे देखि ३ बजेसम्म र ३ बजेदेखि ६ बजेसम्म गरी दुई सो प्रदर्शन हुने निर्माता विकास लामाले बताउनुभयो ।

चलचित्रमा बुद्धि तामाङ (हैट), जयकिशन बस्नेत, सोभित बस्नेत, राजेन्द्र खड्की, जयनन्द लामा, जयन्ति बस्नेत, सुलेमान शंकर (इकु) लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको बताइएको छ ।

चलचित्र पहिलो पटक हेटौडाबाट बिशेष प्रदर्शन शुरु गरि चलचित्रलाई चाडै नै नियमित प्रदर्शनमा ल्याउने निर्माण युनिटले जनाएको छ । चलचित्रमा आर एल लामाको कथा तथा पटकथा, रामेश्वर हुमागाईको छायांकन, बिकास चौधरीको संगीत, राजु किरातीको द्वन्द, अजय स्याङ्तानको नृत्य निर्देशन, तारा थापा किम्भेको सम्पादन रहेको छ । आर सोनाम मुक्तान, लंका माया मुक्तानको निर्माणमा बनेको चलचित्रलाई आर एल लामाले निर्देशन गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*