प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा उत्कृष्ट कार्यसम्पादन गर्ने सिन्धुली प्रहरीलाई पुरस्कृत

हेटौंडा टुडे
१८ कार्तिक २०७८, बिहीबार १२:३१

हेटौँडा/ बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई पुरस्कृत गरेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रशंसापत्र सहित पुरस्कृत गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका प्रहरी कार्यालयहरुको प्रशासनीक गतिविधी एवं सेवा प्रवाह प्रक्रियालाई प्रणालीबद्ध बनाउँदै प्रहरी परिचालन र दैनिक कार्य सम्पादनको अवस्थालाई प्रभावकारी, व्यवस्थीत एवं परिणामुखी बनाउने उद्देश्यले वार्षिक कार्यसम्पादन सम्झौता गरी कार्यान्वयन भईरहेको छ । चालु आर्थिक वर्षको साउन ३२ गते बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की र मातहत कार्यालय प्रमुखहरुबीच वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

यसै सम्झौतालाई वस्तुनिष्ट बनाउन बागमती प्रदेश प्रहरी कार्यालयबाट तयार गरिएको “मासिक मुल्याङकन मापदण्ड–२०७८” अनुसार सम्झौता गर्ने कार्यालयहरुको मासिक मुल्याङकन गरी कार्यसम्पादनको स्तर कायम गर्नुका साथै कार्यसम्पादनको क्रममा देखिएका कमिकमजोरीहरु सुधार गर्ने मौका समेत प्रदान गरिदै आईरहेको छ ।

उक्त मापदण्ड अनुसार प्रत्येक त्रैमासिक अवधीमा कार्यसम्पादनको मुल्याङकनमा सर्वोकृष्ट हुने कार्यालयलाई पुरस्कृत गर्ने व्यवस्था मिलाइएको छ । उत्कृष्ट कार्यसम्पादन गरी एक सय पुर्णाङकमा ८८ दशमलब १३ अंकका साथ प्रथम हुने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई उत्कृष्ट कार्य सम्पादनको उच्च कदर स्वरुप प्रशंसा पत्र प्रदान गरिएको छ ।

मासिक मुल्याङकनको त्रैमासिक औसत अंकलाई ९० प्रतिशत मानि वाँकी १० अंक मध्ये ५ अंकमा प्रदेश प्रहरी कार्यालयमा गठित समितिले विभिन्न विषयमा आधारित रही अंक प्रदान गर्ने र वाँकी ५ अंकमा प्रदेश प्रहरी प्रमुखले मातहत कार्यालय प्रमुखको कमाण्डसीप, ईमान्दारीता, लगनशिलता, समन्वय लगायतका विषयमा प्रदान गरी कुल प्राप्ताङक कायम गरी सर्वोकृष्ट प्रहरी कार्यालय छनौट गरिने व्यवस्था मुल्याङकन मापदण्डमा रहेको हुँदा सोही अनुसार पुरस्कृत गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*