
हेटौंडा/ उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा आज फूलको व्यापार गर्ने र खरिद गर्ने उपभोक्ताको निकै भीड बढेको छ । बिशेषगरी आज लक्ष्मी पुजा भएकाले पनि बिहानको झिसमिसे देखिनै फूलको व्यापार गर्न आउने र खरिद गर्न आउनेहरुको निकै भीड बढेको हो ।
मकवानपुरको गाउँगाउँमा र हेटौंडा उपमहानगरपालिकाका बिभीन्न वडामा फूलको व्यावसायीक खेती गर्ने किसानको सख्या पनि बढ्दै गएको छ । जुनसुकै समयमा पनि फूलको आवस्यक पर्ने भएकाले यसको व्यापार पनि बढ्दै गएको हो । आज बिहान हेटौंडाको मुख्य बजार क्षेत्र मकवानपुर उद्योग बाणिज्यसंघ अगाडी, खोपेगल्ली क्षेत्र, बुद्धचोक, रापतीरोड लगायतका क्षेत्रमा फूलको व्यापार गर्ने र खरिद गर्नेहरुको भीड बढेको थियो ।
तीहारको टिकाको दिन र आज लक्ष्मी पुजा भएकाले फूलको व्यापार बढेको फूल व्यापारी श्याम सापकोटा वताउनुहुन्छ । फूलसंगै तिहारका झिलिमिल वत्ति, भाइमसला, पटका लगायतकाको व्यापार पनि बढेको छ ।

