हेटौंडा/मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ स्थित अजिङ्गरेमा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन् ।
गएराति १ बजे राष्ट्रिय लोकदोहरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु सवार बागमती प्रदेश ०३–००१ ख १३०९ नम्बरको बस आफै अनियन्त्रित हुँदा सडक नजिकै रहेको खेतमा पल्टिदा बसमा सवार ३२ जना मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी प्रवक्ता रिमालका अनुसार गम्भिर घाईते हुनेहरुमा हेटौंडा ५ सानोपोखरा बस्ने ४० वर्षीय निरु खड्का,हेटौंडा २ मनकामना चोक बस्ने ४९ वर्षीय बेल लो,राक्सिराङ् ३ बस्ने ४२ वर्षीय रविन कुमार चेपाङ्, हेटौंडा–११ नवलपुर बस्ने ३६ वर्षीय सम्झना बिष्ट र हेटौंडा–५ पिप्ले बस्ने ४८ वर्षीय लक्ष्मी तिमिल्सिना रहेको छन् ।
त्यस्तै बस दुर्घटनामा घाईते हुनेहरुमा हेटौंडा–१८ ठुलोदमार बस्ने २१ वर्षीय बिशाल श्रेष्ठ, मनहरी–६ बस्ने ४० वर्षीय संच बहादुर थिङ्, बागमती–६ बस्ने ४२ वर्षीय बाबुराम बम्जन, भिमफेदी–१ सानोटार बस्ने १८ वर्षीय रविन तामाङ्, भीमफेदी–१ का २० वर्षीय संजिव थिङ्, हेटौंडा–१२ पदमपोखरी बस्ने २० वर्षीय रोशन घलान, हेटौंडा–५ बस्ने २१ वर्षीय कोपिला राई, थाहा–७ बस्ने ३६ वर्षीय काजिमान गोले, जिल्ला धादिङ् गंगाजमुना–७ बस्ने २८ वर्षीय श्याम बिसी, जिल्ला चितवन भरतपुर माहानगरपालिका–२ बस्ने २९ वर्षीय रविन ढकाल, ४५ वर्षीय रोशन खड्का, हेटौंडा–६ बस्ने २१ वर्षीय रुपा राई, मनहरी–९ खरङ् बस्ने २२ वर्षीय काजल मोक्तान, हेटौंडा–१९ वस्तिपुर बस्ने २२ वर्षीय प्रेना मोक्तान, चिसापानी बस्ने १९ वर्षीय संगिता गोले, चिसापानी बस्ने २८ वर्षीय अमति चौधरी रहेका छन् ।
घाईतेहरुको उपचार चुरेहिल अस्पताल, हेटौंडा अस्पताल,सन्चो अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ