• इन्द्रसरोबर गाउँपालिका

मोहिनी झरनामा डुबेर १७ बर्षीय दोन्डुपको मृत्यु

हेटौडा टुडे
२१ कार्तिक २०७८, आईतवार १०:०८

हेटौँडा/ मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-१ मार्खु कुलेखानिस्थित मोहिनी झरनामा डुबेर एक जनाको मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ का १७ बर्षीय तेन्जिङ दोन्डुप रहेको मकवानपुर प्रहरीले जनाएको छ। तेन्जिङ ४ जना साथीहरूसँग झरना घुम्न आएको र पौडि खेल्ने क्रममा डुबेको जनाइएको छ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय पालुङको प्रहरी निरीक्षकको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने तयारी भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*