आजको मौसम कस्तो रहनेछ ?

हेटौंडा टुडे
२१ कार्तिक २०७८, आईतवार १०:२१

हेटौँडा/ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली बाहेक अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै, प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले उल्लेख गरेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*