जंगली हात्तीको आक्रमणबाट चितवनमा लामाको मृत्यु

हेटौंडा टुडे
२१ कार्तिक २०७८, आईतवार १४:५६

हेटौँडा/ जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनकै सागर लामाको रहेका छन् । हिजो साँझ तीन जना साथीसहित घुम्न गएका सागर, कृष्ण लामा र शक्ति गुरुङलाई हात्तीले आक्रमण गरेको हो ।

हात्तीको आक्रमणमा परी बेपत्ता भएका सागरको आज बिहान मकवानपुरको मनहरी ६ खयरघारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो । हात्तीको आक्रमणमा परेका कृष्ण भने सामान्य घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*