हेटौँडा/ नेपालको मौसममा सोमबार आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको हो ।
सोमबार दिउँसो प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ भने प्रदेश नम्बर १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती पनि देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सेयर गर्नुहोस्






















