
हेटौँडा/ चितवनको राप्ती नगरपालिकामा हात्तीको आक्रमणबाट मृत्यु भएको एकजनाको शव मकवानपुरको मनहरी-६ खयरघारीस्थित लोथर खोलामा भेटिएको छ ।
शव राप्ती १ घलानचोकका २८ वर्षीय को सागर लामाको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामालाई हिजो शनिबार हात्तीले आक्रमण गरको थियो । हात्तीको आक्रमणपश्चात लामाको शव भेटिएको थिएन ।
लामाको खोजी गर्ने क्रममा मकवानपुरको मनहरी गाउँपालिका ६ खयरघारीस्थित लोथर खोलामा सागरको शव भेटिएको हो ।
सागर लामासहित घलानचोककै ३५ वर्षीय कृष्ण लामा र २३ वर्षीय शक्ति गुरुङ् ड्याम साइडमा घुम्न गएका थिए । त्यसै क्रममा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट कृष्ण लामा सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्