हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर हेटौंडा–१७ मा करेन्ट लागेर एक विद्यार्थी नेताको निधन भएको छ । मृत्यु हुनेमा नेकपा (एकीकृत समाजवादी) का हेटौंडा नगर सचिव २५ बर्षीय गिरिजा अधिकारी रहेका छन् । सोमबार राजदेबि स्थित भित्रि सडकखण्ड विस्तारको क्रममा घरको विद्युतीय तार मिलाउने क्रममा जेसिबिको बकेटमा बसेर बिजुलिको तार पन्छाउने क्रममा अचानक एघार हजार भोल्टेजको तार छुन पुग्दा करेन्ट लागेर उनी घाइते भएका थिए ।
उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उनको शव हेटौंडा अस्पतालको शव गृहमा छ । अधिकारी यसअघि नेकपा माओवादी निकट विद्यार्थी संगठनका नेता थिए । पछिल्लो समय उनी नेकपा एकीकृत समाजवादीमा आवद्ध थिए ।
सेयर गर्नुहोस्






















