सुनको भाउ बढ्यो

हेटौंडा टुडे
२३ कार्तिक २०७८, मंगलवार ०९:०९

हेटौँडा/ नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैँयाले बढेर ९२ हजार ५ सय रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तिहार अघि बिहीबार प्रतितोला ९१ हजार रुपैँयामा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैँया रहको थियो । तेजाबी सुनको मूल्य बिहीबार प्रतितोला ९० हजार ५ सय रुपैँया रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला २५ रुपैँयाले बढेर १ हजार २५० रुपैँयामा कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*