हेटौंडा – ११ नवलपुरमा ट्रक र बस ठोक्किदा २ को मृत्यु, १८ घाईते

हेटौडा टुडे
२४ कार्तिक २०७८, बुधबार ०७:२०

हेटौंडा । हेटौंडा-११ नवलपुरमा गए राती यात्रु बहाक बस र ट्रक एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् । जनकपुरबाट हेटौंडा हुँदै काठमाण्डौ तर्फ जादै गरेको ना ७ ख ८७६ नंबरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २ ०३००१ ख ५०३५ नंबरको  ट्रक एक आपसमा ठक्कर खादा बसमा सवार दुई जनाको मृत्य भएको छ ।

यसैगरि दुर्घटनामा १८ जना घाईते भएका छन् । उनिहरुको  हेटौंडा अस्पताल सहित हेटौंडाको अन्य अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*