• राक्सिराङ गाउँपालिका

अवैध लागूऔषध गाँजासहित राक्सिराङका मुक्तान पक्राउ

हेटौडा टुडे
२४ कार्तिक २०७८, बुधबार १०:३३

हेटौँडा/ मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्वर २ बस्ने ४२ वर्षीय नरबहादुर मुक्तान रहेका छन । प्रहरीले मुक्तानको साथबाट १२२ किलो लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार, मुक्तानलाई विशेष सूचनाका आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ९ जयसिंहस्ति पूर्वपश्चिम लोकमार्ग सडकखण्डबाट पक्राउ गरेको हो । सो सडकखण्डमा शंकास्पद अवस्थामा बसिरहेका उनलाई सोधपुछ गरी सामान चेकचाँज गर्दा उक्त परिणामको गाँजा बरामद भएको र निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*