ईपीएस पास गरेकालाई चाँडो कोरिया लैजान नेपालको आग्रह

हेटौंडा टुडे
२५ कार्तिक २०७८, बिहीबार १६:३३

हेटौँडा/ सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा पास गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।

नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बीच आज बुधवार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई चाँडो कोरिया लैजान अनुरोध गरेको हो ।

सरकारले ईपीएस अन्तर्गत नेपालका लागि कोटा संख्या बढाउन पनि आग्रह गरेको छ । बैठकमा दुई पक्षबीच कोभिड–१९ विरुद्ध प्रतिकार्य र पुनरुत्थान, व्यापार, लगानी, रोजगारी, ऊर्जा, प्रविधिका क्षेत्रमा सहकार्यलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*