मकवानपुर रेडक्रसको सभापतिमा थापा चयन

हेटौडा टुडे
२६ कार्तिक २०७८, शुक्रबार १६:१३

हेटौँडा/ नेपाल रेडक्रस सोसाईटी मकवानपुर शाखाको सभापतिमा लालबहादुर थापालाई चयन गरिएको छ । रेडक्रस मकवानपुरका उपसभापति समेत रहेका थापालाई सभापतिको जिम्मेवारी दिईएको हो ।

नेपाल रेडक्रस सोसाईटी केन्द्रीय समितिले मकवानपुर शाखाका सभापति सूर्यचन्द्र न्यौपानेलाई बर्खास्त गर्दै उपसभापति थापालाई सभापतिको जिम्मेवारी दिएको छ । थापाको नेतृत्वमा ३ महिनाभित्र जिल्ला शाखाको अधिवेशन गर्नेगरि तदर्थ समिति निर्माण गरिएको हो ।

थापा सभापति भएसँगै दुई दशकबाट न्यौपानेको नेतृत्वमा रहेको रेडक्रसले नयाँ नेता पाएको छ । तदर्थ समितिको उपसभापतिमा खेमराज सापकोटा र सुमित्रा काफ्ले चयन भएका छन । शाखाको मन्त्रीमा पिताम्बर बास्तोला, कोषाध्यक्षमा यसोदा श्रेष्ठ, उपमन्त्रीमा सानु थापा, उपकोषाध्यक्षमा हरिकृष्ण कार्की चयन भएका छन् । शाखा सदस्यहरुमा कमल विष्ट, कृष्णप्रसाद चौँलागाई, मंगल रखाल, राजु घले, मोहन कार्की, प्रेम लम्साल र जंगबहादुर गुरुङ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*