नारायणी बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न

हेटौडा टुडे
२८ कार्तिक २०७८, आईतवार ०९:३५

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको २५ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

संघका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष न्यौपानेले १८ सय ३३ जना सेयर सदस्य रहेको सहकारीमा ५ करोड ९ लाख ७४ हजार ५ सय रुपैयाँ सेयर पुँजी रहेको जानकारी दिए । यस्तै सहकारीले २४ करोड ८ लाख ११ हजार रुपैयाँ बचत संकलन गरेको र २० करोड ३६ लाख २६ हजार रुपैयाँ ऋण लगानी गरेको अध्यक्ष न्यौपानेको बताए ।

कार्यक्रमको अवसर पारेर सहकारीले बृद्धभत्ता प्राप्त गर्ने उमेरका शेयर सदस्य र जेष्ठ शेयर सदस्यहरुलाई जनही नगद ६ हजार सहित सम्मान गरेको छ । यस्तै एसइईमा उत्कृष्ठ जिपिए ल्याउने शेयर सदस्यका छोराछोरी, असल बचतकर्ता, असल ऋणी लयाएतलाई पनि काईक्रममा सम्मान गरिएको छ ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ बागमती प्रदेशका उपाध्यक्ष राधा सिन्तान, वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, संस्थाका संस्थापक अध्यक्ष भोलाप्रसाद शर्मा खरेल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*