नवयुवा बचतको अध्यक्षमा फुलमान श्रेष्ठ

हेटौडा टुडे
२९ कार्तिक २०७८, सोमबार ०८:२१

हेटौँडा/ हेटौँडा –११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा फूलमान श्रेष्ठ चयन हुनुभएको छ । शनिबार सर्वसम्मतरुपमा श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति चयन भएको हो । सहकारीको उपाध्यक्षमा रामप्रसाद सापकोटा, सचिवमा गोविन्द पुडासैनी, कोषाध्यक्षमा खेमराज सापकोटा, सहसचिवमा अक्कलबहादुर क्षेत्री रोक्का चयन हुनुभएको छ ।

यस्तै सदस्यमा शम्भुप्रसाद शिवाकोटी, सुदर्शन बर्तौला, महेशकुमार सुवेदी, भीमसेन चौलागाई, बालकृष्ण बजगाई, मेनुका रिजाल, गणेशप्रसाद कालाखेती, बच्चुराम कार्की चयन हुनुभएको सहकारीका व्यवस्थापक राजेश श्रेष्ठले जानकारी दिनुभएको छ । यस्तै लेखा समिति संयोजकमा ध्रुबप्रसाद पराजुली, सदस्यमा दुर्गा अर्याल र अश्विन उप्रेती चयन हुनुभएको छ ।

वीरेन्द्रप्रसाद ढुंगानाको संयोेजकत्वमा राजु श्रेष्ठ र आशाकुमारी अधिकारी सदस्य रहनुभएको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । कात्तिक १३ गते सहकारीको साधारणसभा भए पनि निर्वाचनको प्रक्रिया भने पूरा हुन सकेको थिएन । शनिबार सर्वसम्मत नयाँ सञ्चालक समिति चयनसँगै सपथग्रहण कार्यक्रम समेत भएको छ । आर्थिक वर्ष २०७७/७८ को अन्तिमसम्ममा एक हजार आठ सय ९३ जना सेयर सदस्य रहेको सहकारीको सेयरपुँजी ३ करोड ७६ लाख पुगेको छ । यस्तै २१ करोड ११ लाख रुपैयाँ बचत संकलन गरेको सहकारीले १९ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*