हेटौँडा/ ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुनकोशी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै आज बिहान ७ः३० बजेतिर जिप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। हेलिकप्टर मगाएका छौं,’ उनले भने। घाइतेहरूलाई काठमाडौं ल्याउने तयारी छ।
प्रदेश ३-१०२२ च ९६९४ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ। दुर्घटनामा परेका घाइतेहरूको प्रहरीले उद्धार गरिसकेको छ। मृतकहरूको खनाखत भइसकेको छैन।
सेयर गर्नुहोस्














