यस्तो छ आज सुनको मूल्य

हेटौंडा टुडे
२०७८ मंसिर १, बुधबार १२:०२ गते

हेटौँडा/ नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । हिजो मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज ५०० ले घटेसँगै छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*