रेडियो निकास र समृद्ध समाज दैनिकको ८ औं वार्षिकोत्सव सम्पन्न

हेटौडा टुडे
२ मंसिर २०७८, बिहीबार ०९:५७

हेटौँडा/ बागमती प्रदेशको राजधानी हेटौंडाबाट दैनिक प्रकाशित हुँदै आएको समृद्धि समाज राष्ट्रिय दैनिकको ११ औं र रेडियो निकास ९३.४ मेघाहर्जको ८ औं वार्षिकोत्सब बुधबार सम्पन्न भएको छ । रेडियोका स्टेशन म्यानेजर सुरेश श्रेष्ठको सभाध्यक्षतामा भएको वार्षिकोत्सब कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालको प्रमुख आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा रेडियो निकासमा कार्यरत प्राविधिक विकास लामालाई वर्ष उत्कृष्ट सहकर्मीका रुपमा नगद सहित प्रशंसापत्रले सम्मान गरिएको थियो । यसैगरी समृद समाज राष्ट्रिय दैनिकमा नियमित आफ्ना लेख लेख्दै आएका वंशगोपाल माविका प्रधानाध्यापक रमेश लामिछानेलाई कदरपत्र गरिएको थियो ।

विगतका बर्ष झै यसबर्ष पनि वार्षिकोत्सबको अवसरमा कार्यक्रममा उपस्थित भएकालाई पठन संस्कृतिको विकास होस भन्ने उदेश्यले विभिन्न प्रकारका पुस्तकहरु समेत वितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*