हेटौंडा/मकवानपुरको प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा (क) का सभापतिका उम्मेदवार शुसान्त कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । सभापतिमा उनको मात्रै उम्मेदवारी दर्ता भएपछि श्रेष्ठ निर्विरोध भएका हुन् ।
त्यस्तै सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली निर्विरोध भएका छन् भने सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध भएका छन् । सदस्य खुला महिला तर्फ जानुका ठकुरी, समिक्षा विक र छायाँ अधिकारी पनि निर्विरोध भएका छन् ।
अन्य पदमा भने अरुको पनि उम्मेदवारी दर्ता भएकोले निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत गणेशप्रसाद हुमागाईले बताए ।
सेयर गर्नुहोस्






















