स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले हेटौंडा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

टुडे संवादाता
५ मंसिर २०७८, आईतवार १२:१२

हेटौंडा/स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले हेटौंडा अस्पताललाई (ए) ग्रेडको एम्बुलेन्स हस्तान्तरण गरिएको छ । आईतबार एक कार्यक्रमकाबीच खतिवडाल एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

हस्तन्तरण गर्दै मन्त्री खतिवडाले संघीय ढाँचा अनुरुप स्वास्थ्य क्षेत्रमा काम गरिने बताउनुभयो । रेविज विरुद्धको खोप निशुल्क उपलब्ध गराई नागरिकलाई सेवा दिएका छौं अब नेपालमा विस्तारै स्वास्थ्य क्षेत्रको सुधारमा आफ्नो ध्यान केन्द्रीत रहेको बताउनुभयो ।

हेटौंडा अस्पताललाई नेपाल भारत सहयोगमा आएको आइसियु र मेडिकल विशेषज्ञ सहितको सुविधा भएको एम्बुलेन्स अस्पतालका मेसु डा। रामचन्द्र सापकोटालाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण गर्दै मन्त्री खतिवडाले हेटौंडा अस्पतालमा सेवा सुविधा क्रमश विकास हुदैं गइरहेको बताउनुभयो ।

 

कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल, प्रदेश स्वास्थ्य निर्देशक महेश्वरमान श्रेष्ठ, अस्पतालका मेसु डा रामचन्द्र सापकोटा, डा। हरिबहादुर खड्का, नेकपा एकिकृत समाजवादी मकवानपुका अध्यक्ष श्रीधर पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*