आइतवार सुनको मूल्यमा गिरावट

टुडे संवादाता
२०७८ मंसिर ५, आईतवार १२:४४ गते

हेटौंडा/नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य शुक्रवारको तुलनामा रू ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू ९३ हजार ७०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार ४०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू ७०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू ९३ हजार २०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू ९३ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार प्रतितोला रू १ हजार २७५ मा कारोबार भएको चाँदी आइतवार रू १ हजार २६० मा खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू १५ ले घटेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*