हेटौंडा/नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सबै नेपालीले कोरोना विरुद्धको खोप लगाउन पाउनेगरी सरकारले खोप खरिद प्रकृया अगाडि बढाएको बताएका छन । समाजवादी प्रेस संगठन मकवानपुरले आइतबार बिहान हेटौंडामा गरेको पत्रकार भेटघाटमा बोल्दै स्वास्थ्य मन्त्री खतिवडाले सरकारले सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन पुग्ने गरी खरिद प्रकृया अगाडि बढाएको उदघोष गरेका हुन ।
पत्रकार भेटघाटमा बोल्दै मन्त्री खतिवडाले डेढ कराेड खाेप सम्झाैता भइसकेकाे र हालसम्म २ कराेड नेपालीले खाेप पाएकाे बताउदै सरकारले अहिले प्रदान गरेको कोरोना खोप १२ बर्ष भन्दामाथिका जो कोहीले लगाउन मिल्ने बताएका छन ।
“कतै पनि खाेपकाे अभाव हुँदैन,सरकारले वीर अस्पताल,सैनिक अस्पताल, टिचिङमा २४ सै घण्टा खाेप प्रदान गरिरहेको छ आवश्यकता हेरेर खोप उपत्यका बाहिर पनि २४ घण्टे बनाउने छौँ “- मन्त्री खतिवडाले भने । उनले काठमाडाैँमा बढी जनघनत्व रहेकोले हाललाई उपत्यकाभित्र ५ ठाउँमा खाेपकाे डेस्क राखेर सेवा दिइएकोले जाे सुकैले खाेप लगाउन सकिने उल्लेख गरेका छन ।
मन्त्री खतिवडाले जेष्ठ नागरिक पनि खोपबाट टाढा रहेको भन्दै सरकारले जेष्ठ नागरिकलाई खोप लगाउने उपयुक्त विकल्प सोची रहेको भन्दै आफुले नेतृत्व समालेपछि स्वास्थ्यक्षेत्रसँग गासीएका स्वास्थ्य कार्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भौतिक पूर्वाधार निर्माणले गति लिएको बताए । गगन थापाको पालामा संचालनमा आएको स्वास्थ्य बिमाकाे उपचार राम्राे भएकाे तर, अस्पतालले भुक्तानी नपाएकाे गुनासो आएकोले यसबारेमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए ।






















