आइतबार नेप्से परिसूचक दोहोरो अंकले गिरावट

टुडे संवादाता
२०७८ मंसिर ५, आईतवार १७:०६ गते

हेटौंडा/आइतबार शेयर कारोबार सुस्ताएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्दा शेयर कारोबार रकम र कारोबार संख्या दुबै सुस्ताएको छ ।

नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २ हजार ७ सय ५७ दशमलव ५३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार माप गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७५ अंकले घटेको छ ।

परिसूचकसँगै आइतबार कारोबार समेत सुस्तायो । दिनभर ५४ हजार ६६४ कारोबारमात्रै भए । ७८ लाख ९४ हजार ४८६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँमा रोकियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*