महिन्द्राको इलेक्ट्रिक अटो अब हेटौंडामा

टुडे संवादाता
९ मंसिर २०७८, बिहीबार १२:१४

हेटौंडा/ महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रिओ नामक इलेक्ट्रिक अटो हेटौंडामा सार्वजनिक गरिएको छ । महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी) का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले हेटौंडामा एक कार्यक्रमका बीच अटो सार्वजानिक गरेको हो । यातायात व्यवस्था कार्यालय हेटौंडाका प्रमुख सुरेशकुमार चापागाईको प्रमुख अतिथ्यता तथा आधिकारिक विक्रेता सेन्ट्रल अटो जोन प्रा.लिका अध्यक्ष राजेन्द्र बटाजुको अध्यक्षतामका कार्यक्रम भएको हो । ८ लाख ४० हजार शोरुमको मूल्यमा विद्युतीय अटो खरिद गर्न सकिने बताइएको छ ।\

बटाजुका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्ने छन् । विद्युतबाट सञ्चालन हुने भएकाले आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने बताएका छन् ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी सहायक निरीक्षक दयाराम गौतमलगायत कम्पनीका प्रतिनिधि हिमान्सु अग्रवाल, अग्नि इनर्जी प्रालिका विक्री प्रवद्र्धक प्रमोद भण्डारीलगायत अटो चालकको उपस्थित थिए ।
अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले हेटौंडाको चौकीटोलमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट रु. ८,४०,००० शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतमा निर्माण भइरहेको छ । नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक रू २,००,००० (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन् ।
महिन्द्रा ट्रियो भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड किलोमिटर भन्दा बढी दूरी तय गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*