हेटौँडा/लायन्स क्लव अफ हेटौँडा भुटनदेवि सेन्टिनियल र लियो क्लव अफ हेटौँडा भुटनदेवि सेन्टिनियलको संयुक्त आयोजनामा स्कुल ब्याक वितरण गरेको छ । मकवानपुरगढि गाउँपालिका वडा नम्बर ६ मा रहेको जाल्पा माविका अध्यायरत २५ जना विद्यार्थीलाई एक थान झोला वितरण गरेको लियो सेन्टिनियलका पुर्व अध्यक्ष तथा लियो जिल्ला परिषद् ३२५ बि २ नेपालको रुलर एण्ड डेभलब्लपमेन्ट कार्यक्रमका प्रमुख बिजय बजगाँईले जानकारी दिनुभयो ।
लायन्स क्लव अफ हेटौँडा भुटनदेवि सेन्टिनियलकी अध्यक्ष मिनु अग्रवालको सभाध्यक्षता तथा लायन्स क्लव इन्टरनेष्नल ३२५ बि २ नेपालकी एओजि निलम बैद्यको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति समेत रहेकी वैद्यले लियो र लायन्सको सेवा गाउँकेन्द्रित हुनु सकरात्मक रहेको बताउनु भयो । उहाँले शहर भन्दा पनि गाउँमा रहेको दिनःदुखीहरुको सेवा गर्न सम्पुर्ण सामाजिक क्षेत्रमा काम गर्ने संस्थाहरुलाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा सभाध्यक्ष मिनु अग्रवालले भन्नुभयो,“हामी शहरभन्दा पनि गाउँ केन्द्रितभएर सामाजिक सेवा गरिहेका छौँ, मेरो कार्यकालमा नयाँ र फरक कार्य गर्नेछु।” अग्रवालले म बोल्ने भन्दा पनि बढि काम गर्ने बताउनु भयो ।
लायन्स क्लव अफ हेटौँडा भुटनदेवि सेन्टिनियलका सचिव प्रवित्रा दाहालले संचालन गर्नु भएको कार्यक्रममा जोन चियर प्रर्सन जानुका श्रेष्ठ,मकवानपुरगढि गाउँपालिका वडा नम्बर—६ को वडा अध्यक्ष टिका प्रसाद दाहाल, क्लवका उपाध्यक्ष प्रमोद सिङ रानाभाट्ट, उपाध्यक्ष नारायण श्रेष्ठ, राजाराम कार्की,जाल्पा माविका प्र.अं. राजु प्रसाद गौतम लगायतको आथित्यता रहेको थियो । लियो तथा लायन्स सेन्टिनियलले मकवानपुर जिल्लाको विभिन्न गाउँपालिकामा गएर सामाजिक कार्य गर्दै आईरहेको छ ।






















