हेटौंडा/मकवानपुरमा शुक्रबार ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा ४१ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो । मकवानपुरको आजको संक्रमित प्रतिशत ७ रहेको छ । मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५४६७ रहेको छ ।त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या शुन्य रहेको छ।
सेयर गर्नुहोस्






















