हेटौंडा/मकवानपुर प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ जनालाई नियन्त्रणमा लिईएको छ । । प्रहरीले सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ७ बस्ने ३८ बर्षीय कुमार भुजेललाई नियन्त्रणमा लिईएको हो ।
शनिवार (आज) बिहान ०२:४५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित सडकखण्डमा वडा प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी चेकीङ टोलिले बिरगंज तर्फबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ५ ख ४६९३ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकका चालक भुजेलले मादक पदार्थ सेवन गरी लापारवाही पूर्वक चलाएको मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
ट्रकसहित भुजेललाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्






















