हेटौँडा/ नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन, मकवानपुरले राजनीतिक समस्याको समाधान संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था विषयक विचार गोष्ठीको आयोजना गरेको छ । उक्त गोष्ठी हेटौंडास्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको हो । मध्याह्न १२ बजे सुरु भएको बिचार गोष्ठी कार्यक्रममा मकवानपुरका साहित्यकार, पत्रकार, शिक्षक, कानुन व्यवसायी, राजनीतिज्ञ लगायत विभिन्न तह र तप्काका बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य अनिल शर्मा (विरही) को प्रमुख आतिथ्यता भएको हो । कार्यक्रममा सबै अतिथि गणले आफ्नो सशक्त विचारसहितको मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै, अन्य उपस्थित बुद्धिजीवी वर्गले पनि आफ्नो जिज्ञासा राखेका थिए । जसको जवाफ दिँदै कार्यक्रमका प्रमुख अतिथि शर्माले वैज्ञानिक समाजवादी अर्थतन्त्रको जगमा टेकेर संचालन गरिने वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै जनहित अनुकुलताको राष्ट्रिय संरचना निर्माण गर्न सकिने कुरा ठोस गरे। त्यस्तै उक्त व्यवस्था स्थापनाका खातिर शान्तिपुर्ण बाटो जनमतसंग्रहका लागि सबै तयार हुनुपर्ने, यदि जनता तयार भए पनि सरकार तयार भएनन् भने त्यसको वैकल्पिक बाटो पनि तयारी अवस्थामा रहेको बताए।
यस्तै, दिउँसो ३ः३० सम्म भएको कार्यक्रममा पनि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य शर्मा कै प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज इन्द्रबहादुर परियार (नयन), पार्टीका जिल्ला सेक्रेटरी राम घलान (वाटर) , बुद्धिजीवी तथा अर्थविद दिपक शर्मा, नागरिक सरोकार समिति संयोजक तथा अधिवक्ता केशब गौतम, बौद्धिक मन्च मकवानपुरका अध्यक्ष तथा वन विज्ञान अध्ययन संस्थान हेटौंडाका प्राध्यापक बिमल केसरी पौडेल, वामपन्थी बुद्धिजीवी भरत दुलाल राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यलय हेटौंडाका प्रमुख कृष्ण घिमिरे लगायतको आतिथ्यता रहेको थियो । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन, मकवानपुरका संयोजक गोपिकृष्ण श्रेष्ठको सभाध्यतामा सम्पन्न भएको हो । तु खबरबाट साभार






















