हेटौँडा/ नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन् । शुक्रबार ९१ हजार ९ सय रुपैंयामा कारोबार भएको सुन आइतबार ९२ हजार १ सय रुपैयाँमा र शुक्रबार ९१ हजार ४ सय रुपैंयामा कारोबार भएको तेजाबी सुन आइतबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १२ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्




















