हेटौँडा/ हेटौंडा-६ न्युरेनी चिसापानीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनस् हिमाल पौडेल भएका छन। संस्थाको शनिबार सम्पन्न २५ औ वार्षिक साधारणसभाले पौडेललाई ४ बर्षका लागि पुनस्अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
भेलाले संस्थाको उपाध्यक्षमा श्याम प्रसाद भट्टराई ,सचिवमा रोम प्रसाद न्यौपाने,कोषाध्यक्षमा चेतनाथ खतिवडा रहेका छन। त्यसैगरी सदस्यहरुमा निर्मला तिमल्सिना यतिराज दंगाल, सुन्दर राज आचार्य,विजय पौडेल,रेखा मैनाली,टुककुमारी गौतम र चण्डिका ढकाल चयन भएका छन।
त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा दिपनराज आचार्य र सदस्यमा रामशरण पौडेल र प्रकाश ढुङगाना सर्वसम्मत चयन भएका छन।
सेयर गर्नुहोस्






















