हेटौँडा/ मकवानपुरमा आइतबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।
स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २८ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो। मकवानपुरको आजको संक्रमित प्रतिशत १० रहेको छ।
मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५४७० रहेको छ।त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या २ रहेको छ।
सेयर गर्नुहोस्






















