हेटौँडा/ हराएको नगद रकम र गहना सहित फेला पारेर सम्बन्धीत धनीलाई बुझाइएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ बस्ने सरस्वती कार्कीले गरगहना तथा नगद हराएको भनि जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएपश्चात घटनाबारे प्रारम्भिक अनुसन्धान र खोजी गर्दा फेला पारेर सम्वन्धीत व्यक्तिलाई बुझाइएको हो ।

कार्कीले घरबाट बाहिर जाँदा सामानको सुरक्षाको लागी ८ तोला सुनको गहना (छड्के तिलहरी, बाला, ब्रासलेट ,चन्द्रमा, औठी, झुम्का, मुन्द्रा, गरी १० थान) सुन, एटियम कार्ड र नगद १७ हजार रुपैयाँ समेत हराएको थियो । उहाँले रातो कपडाको झोलामा बाधेर घरमा रहेको डस्टविनमा राखि घरबाहिर गएको भोलीपल्ट बिहान करिब ८–३० बजे हेटौडा उपमहानगरपालिकाको को फोहोर संकलन गर्ने फोहोर सँगै फालेकोले खोजीका क्रममा फेला पारेर सम्वन्धीत व्यक्तिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताउनुभयो । त्यतीबेला तत्काल वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट समेतको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा हराएको सुन, एटियम कार्ड र नगद फेला पारी प्रहरी कार्यालयमा ल्याई बुझाइएको उहाँले बताउनुभयो ।






















