उद्योग वाणिज्य संघ अगाडी रहेको मोवाईल पसल चोरी

हेटौडा टुडे
१३ मंसिर २०७८, सोमबार १३:५३

हेटौँडा । हेटौँडाको पिपलबोट क्षेत्र नजिकै मकवानपुर उद्योग वाणिज्य संघ अगाडी रहेको एक मोवाईल पसल चोरी भएको छ । पसलको ढोका फोरेर एमबि मोवाईल पसल चोरी भएको उक्त पसलका सञ्चालक मुकेश बानीयाँले बताए ।

पसलबाट नगद ५ लाख ५० हजार तथा २५ थान मोवाईल समेत चोरी भएको उनको भनाई रहेको छ । आफुले घटनाबारे प्रहरीलाई जानकारी गराईसकेको र प्रहरीले पनि मुचुल्का उठाएर लगिसकेको प्रोपाईटर बानीयाँले बताए । पसलको काउन्टरमा रहेको नगद साढे ५ लाख तथा १५ हजार मुल्य भन्दा बढीका २५ वटा मोवाईल सेट चोरले लगेको उनको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*