नेप्से १ अकंले घट्यो

हेटौडा टुडे
१४ मंसिर २०७८, मंगलवार १६:०६

हेटौँडा/ साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) परिसूचक १.६४ अङ्कले घटेको छ । यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.०६ प्रतिशतले घटेर २६२८.३७ बिन्दुमा आइपुगेको छ । सेन्सेटिभ परिसूचक भने झिनो अंकले हरियो भएको छ । सेन्सेटिभ इन्डेक्स ०.१८ अङ्कले बढेर ४९५।६३ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ वटा उपसमूह बढेको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन् ।

मगंलबार २ सय २५ कम्पनीका ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता सेयर ३ अर्ब ८९ लाख ४१ हजार ९ सय ९१ रुपैयाँमा खरिदबिक्री भएको छ । यस दिन सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । भने न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*