मानव सेवा आश्रमको १७ जिल्लामा २५ सेवा केन्द्र सञ्चालनमा

हेटौडा टुडे
१४ मंसिर २०७८, मंगलवार १६:५२

हेटौंडा/ मानव सेवा आश्रमले देशका १७ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आश्रमले वार्षिक आर्थिक प्रतिवेदन सार्वजानिक गर्दै हेटौंडाबाट सुरु गरिएको मानवता प्रवद्र्धन महाअभियान देशको १७ जिल्लामा पुगेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । हेटौंडा-९ लामसुरेलाई मुख्य कार्यालय भन्दै सात प्रदेशका १७ वटा जिल्लामा २५ वटा आश्रम तथा सेवा केन्द्र सञ्चालन गरिरहेको छ ।

२०६९ सालबाट हेटौंडा अभियान सुरु गरिएको एक दशक हुन लागेको छ । २०७८ मा सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र बनाउने अभियान रहेता पनि दुई वर्षदेखी कोरोना भाइरसका कारण त्यस अभियानलाई २०८२ सालमा सडक मानव मुक्त राष्ट्र बनाउने अभियानमा लागिएको अध्यक्ष अधिकारीले बताए । हाल मुख्य कार्यालय हेटौंडामा १६९ जना रहेका छन् ।

आश्रमले हाल सम्म पारिवारिक पुर्नमिलन २ हजार ४२५ जना, आश्रमको संरक्षणमा रहँदा मृत्यु भएको ६३४ जना रहेको जनाएको छ । सामुदायिक पुनस्र्थापना भने ३५४ जना रहेका छन् । मकवानपुरको हकमा भने पारिवारिक पुनर्मिलन ७३६ जना, उपचार पश्चात स्वेच्छाले जानुभएको ३३६ जना, आश्रमको संरक्षणमा रहँदा मृत्यु भएको १४८ जना र सामुदायिक पुनस्र्थापना भएका ४३ जना रहेको आश्रमका प्रवक्ता सुमन बर्तौलाले बताए ।

आश्रमले आव २०७७ र ०७८ मा ३० करोड ९६ लाख ९८ हजार ७०३ रुपैयाको आर्थिक कारोबार गरेको छ । सात प्रदेशका प्रदेश सरकार, स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न सरकारी कार्यालय, व्यक्तिबाटको सहयोग र अनुदानमा आश्रम संचालन भइरहेको छ ।

आश्रममा आश्रितलाई महिला तथा जेष्ठ नागरिक मन्त्रालय (पन्जीकरणइ) बाट प्रतिव्यक्ति तीन हजारले रकम उपलब्ध भइरहेको जनाएको छ । आश्रमले बुधबार (भोली) भोजनको लागि भोजन सन्ध्या कार्यक्रमको आयोजना गरेको छ । भजन सम्राट रेशम सापकोटा र तरेली संगीत कुञ्ज परिवारले भजन संगीत प्रस्तुत गरिएको आश्रमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*