बुधबार सुनचाँदीको मूल्यमा गिरावट

टुडे संवादाता
२०७८ मंसिर १५, बुधबार १२:१९ गते

काठमाडौं/बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार भने ९१ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ रहेकोमा आज ९१ हजार रहेको छ ।

यता, चाँदी भने प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार हुनेछ । यसअघि एक हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेको महासंघले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*