खाध्य अधिकार तथा खाद्यय सम्प्रभुता ऐन कार्यान्वयन सम्वन्धी हेटौंडामा गोष्ठी

हेटौंडा टुडे
२०७८ मंसिर १५, बुधबार १६:३१ गते

हेटौँडा/ खाध्य अधिकार तथा खाद्यय सम्प्रभुता ऐन कार्यान्वयन र नियमावली तर्जुमा सम्वन्धी अभिमुखीकरण तथा परामर्ष गोष्ठी आज हेटौंडामा भएको छ । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय र बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना र विश्व खाद्यय कार्यक्रमको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाडेको अध्यक्षता तथा प्रदेशको शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका डाक्टर बालकुमारी शर्माले खाद्यय अधिकार तथा खाद्यय सम्प्रभुता मस्योदा नियमावलीका आधारभूत बिशेषताहरुका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । त्यसैगरी डब्लुएफपीका राजुप्रसाद चापागाईले संघीयताको सन्धर्बमा खाद्यय अधिकार तथा सम्प्रभुतामा तीन तहका कारकारद्वारा दायित्वको बुझाइका विषयमा प्रस्तुतीकरण गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*