हेटौँडाको पशुपतिमा राति महाद्वीप बाली जाग्राम बस्नेको भीड

हेटौंडा टुडे
१६ मंसिर २०७८, बिहीबार १५:५४

हेटौँडा/ हिन्दु धर्मावलम्बीहरूले मंसिरको कृष्ण पक्षको त्रयोदशीलाई विशेष रूपमा लिने गर्छन्। यस्तै, हेटौँडाको पशुपति मन्दिर क्षेत्रमा पनि दिउँसो १ बजेबाट नै राति महाद्वीप बाली जाग्राम बस्ने भक्तजनहरूको भीड बढेको छ ।

मन्दिरमा राति जाग्राम बस्नका लागि करिब २ हप्ता अगाडिबाट नै नाम संकलन गराईएको साथै प्रति दियो २०० रुपैँया लिने गरिएको भुवनेश्वर सेवा समितिका कोषाध्यक्ष पूर्णमान श्रेष्ठले हेटौ्रँडा टुडेलाई बताए ।

आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ। महाद्वीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ।

पशुपति मन्दिर क्षेत्रमा पनि भक्तजनका लागि महाद्वीप बाल्न र शतबीज छर्नका लागि मन्दिर भित्र नै व्यवस्था मिलाएको छ । शिवालयमा शतबीज छर्नाले मृतआत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ। साथै बस्नका लागि टेन्टको व्यवस्था, पिउने पानी तथा शौचालयको व्यवस्थापन समेत गरेको छ । कोरोना कहरका बीच पूर्ण रुपमा बन्द भएको यो मन्दिर क्षेत्रमा यस बर्ष भने पितृको नाममा बत्ती बाल्ने व्यवस्था सहज र सरल ढगंले मिलाईएको छ । बत्ती बाल्नका लागि टाढाटाढाका भक्तजनहरुको घुईचो रहेको छ । कोहि सिमरा, कोहि त उत्तरपानीदेखि आएका छन । पशुपति मन्दिरमा बत्ती बाले पुण्य मिल्छ भन्ने आस्था लिएर आएको एकजना भक्तजन बताउछन ।

रातभरि जाग्राम बसी बत्ती बालेर बिहान बत्ती सेलाई सतबीज छर्ने र होम हालीने प्रचलन रही आएको छ । हेटौँडाको मुख्य मन्दिरको रुपमा चिनिने पशुपति  मन्दिरमा अन्तभन्दा धेरै भिड हुने गर्दछ ।

यसरी दिप प्रज्वलनगर्न शिवालय या शक्तिपीठ नै पुग्ननसकेको खण्डमा मृतात्माको नाममा घरमै श्रद्धाकासाथ वत्ति प्रज्जवलन गरेर, दुना या टपरीमा बत्तिलाई राखी माथीवाट ज्वाला निस्कने ठाँउ दिएर अर्को दुना, टपरी या वोहतीले छोपेर खोलामा वगाउने चलन छ । यसरी सहजै वत्तिवगेको खण्डमा पितृले वैतर्नी तरेको र वत्ति सहजरुपमा नबगेको खण्डमा पितृले वैतर्नी नतरेको मान्यता पनि छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*