हेटौंडा/नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनको मतदान आज हुदैं छ । विहान ९ बजे देखी हुने भनीएको मतदान कार्य प्राविधिक कारण देखाउदैं समय हेरफेर गरेको छ । कुन समयमा मतदान सुरु गर्ने भन्नेमा नै निर्वाचन समिति अन्योलमा रहेका छन् ।
मुलटगेटमा मतदाताको भीड लागेको छ । पुर्वपश्चिम राजमार्ग सँग मुलगेट जोडिएकोले सवारी साधन आवतजावतमा समस्या देखिन्छ ।विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरु जसले मतदान कार्ड बनाउन बाकीँ रहेका छन् उनीहरु भित्र जान नपाएको गुनासो गरेका छन् । विहानको खाजा समयमा भित्र खाजाको स्टल खुला गरेता पनि खाजा खानको लागि भित्र प्रवेशमा रोक लगाइएको गुनासो एक प्रतिनिधिले गुनासो पोखे ।
गेटमा सभापतिका उम्मेदवार बानियाँ र केसीको प्यानललाई जाताऔं भन्दै नारा लगाइएको छ । आफ्नो आफ्नो पक्षको भोट माग्दै प्रतिनिधि तथा कार्यकर्ताले सडक अवरुद्ध गर्दै भोट मागिरहेका छन् ।
ट्राफिक प्रहरीलाई सवारी आवतजावत मिलाउन हम्मेहम्मे परिरहेको अवस्था रहेको छ । मतदान स्थलमा सयौं संख्यामा प्रहरी खटाई सुरक्षा व्यवस्था कडा पारेता पनि मुलगेटमा प्रतिनिधि र कार्यकर्ताको भीडले अस्तव्यस्त रहेको छ । केही प्रतिनिधिले निर्वाचन समितिको कार्यप्रति आपत्ति जनाएका छन् । कमजोर व्यवस्थापनको कारण समयमा नै मतदान गराउन नसकेको गुनासो गरेका छन् ।






















