हेटौंडा/सामाजिक कार्यमा सदैव अग्रसर रहने दाह्री ग्याङ्ग हेटौंडाले शनिवार हेटौंडाका सडकमा खुल्ला छोडिएका कुकुरहरूलाई खोप तथा औषधि दिईएको छ । दाह्री ग्याङ्ग हेटौंडा र परोपकारी युवा संजाल नेपालको सहकार्यमा हेटौंडाको सडकमा खुला छोडिएका कुकुरहरूलाई खोप तथा औषधि दिईएको हो ।
खुल्ला छाडिएका कुकुरहरूलाई परिजिवि नियन्त्रण कार्यक्रम अन्तरगत लुतो, जुका, दाद गरि २० वटा कुकुरलाई खोप तथा औषधि दिईएको दाह्री ग्याङ्गका संयोजक अजित खड्काले जानकारी दिए ।
यता कुकुरलाई अवश्यक पर्ने खोप तथा औषधि प्रायोजन भने क्यूमेड फर्मुलेसन र सेतो गुराँस भेट फर्माले उपलब्ध गराएको खड्काले बताउनु भयो ।
यस अधि पनि दाह्री ग्याङ्ग हेटौंडाले भुटनदेवि मन्दिर परिसर सरसफाई , बृद्दा आश्रममा खाना वितरण गरेको थियो ।

सेयर गर्नुहोस्






















