नेपाली कांग्रेस अधिवेशन : साझँ साढे ४ बजेबाट मतदान कार्य सुरु

टुडे संवादाता
२०७८ मंसिर १८, शनिबार १८:१४ गते

हेटौंडा/ नेपाली कांग्रेसको बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत अहिले मतदान कार्य भईरहेको छ । हेटौंडा स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा साझँ साढे ४ बजेबाट मतदान सुरु भएको थियो । बिहान ९ बजे सुरु हुने भनिएको मतदान कार्य साझँ साढे ४बजे सुरु भएको हो । १० स्थानमा मतदान गर्ने कार्यको व्यवस्था गरिएको छ ।

बिहीबारबाट हेटौंडामा सुरु भएको प्रथम अधिवेशनमा १२४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि,८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा २१३७ जना अधिवेशन प्रतिनिधि रहेका छन् । मतदानको समय १० बजेसम्म तोकिएको छ ।

कांग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ ,जगदीश नरसिंह केसी र भिमसेन दास प्रधान सहित ३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी उप–सभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सह–महामन्त्री महिला तर्फ ३ जना र सह–महामन्त्री खुल्ला तर्फ ७ जनाको उम्मेदवारी परेको छ ।

अहिलेसम्म यो समाचार तयार पार्दासम्म केन्द्रीय सह(महामन्त्री प्रकाश शरण महत,केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना,बागमती प्रदेश सभापतिका उम्मेदवार एवम संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ, केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत लगायतकाले मतदान गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*