अबको केही दिन देशका धेरै ठाउँमा मौसम सफा रहने

हेटौंडा टुडे
२०७८ मंसिर २२, बुधबार ११:०५ गते

काठमाण्डौ – अबको केही दिन देशका धेरै ठाउँको मौसम सफा रहनेछ । आउँदो शनिवारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुले केही ठाउँमा बदली भइ फाट्टफुट्ट पानी पर्ने सम्भावना रहे पनि मौसम धेरै बदली वा वर्षाको सम्भावना नरहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

शनिवारसम्म बाहिरी प्रणाली भित्रने सम्भावना नरहेको उहाँले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यका लगायत धेरै ठाउँमा मौसम खुलेको छ भने पहाडी भेगको केही ठाउँमा बदली भएको छ ।

बेलुकीपख प्रदेश १ को पहाडी भेगमा बदली भएर केही ठाउँमा सामान्य पानी र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*