गढी गाउँपालिकाले मंसिर २७ र २८ गते कोभिड–१९ विरुद्धको खोप सञ्चालन गर्ने

टुडे संवादाता
२०७८ मंसिर २२, बुधबार १५:१९ गते

हेटौंडा /मकवानपुरगढी गाउँपालिकाले यही मंसिर २७ र २८ गते कोभिड–१९ विरुद्धको खोप सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले बुधवार (आज) एक सुचना जारि गर्दै कात्तिक २९ र ३० गते भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोश्रो मात्राको भेरोसेल मंसिर २७ र २८ गते लगाईने भएको हो ।

विभिन्न मितिमा प्रथम मात्रा एस्ट्राजेनेका खोप लगाएका व्यक्तिहरुलाई दोश्रो मात्रा एस्ट्राजेनेका/ कोभिडसिल्ड खोप लगाईने उक्त सुचनामा उल्लेख गरिएको छ । प्रथम मात्राखोप लगाउँदा दिईएको खोप कार्ड लिएर आफूलाई पाएक पर्ने खोप केन्द्र तथा स्वास्थ्य संस्थामा उमेर खुल्ने परिचयपत्र लिई खोप लगाउनु हुन गाउँपालिकाले अनुरोध गरेको छ ।
यो सूचना हेर्नुहोस ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*