हेटौंडा/मकवानपुरमा बुधबार २ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २५ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या २ रहेको हो । मकवानपुरको आजको संक्रमित प्रतिशत ८ रहेको छ ।
मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५१० रहेको छ । त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या ५ रहेको छ।

सेयर गर्नुहोस्






















