वेबसाइटको र्‍याङ्किङ हेर्न मिल्ने एलेक्सा डटकम बन्द हुने

टुडे संवादाता
२०७८ मंसिर २३, बिहीबार १३:१० गते

हेटौंडा/अमेजनले वेबसाइटको र्‍याङ्किङ हेर्न मिल्ने साइट एलेक्सा डटकम बन्द गर्ने भएको छ । २५ वर्ष देखि उपलब्ध यो विश्लेषक टूललाई अमेजनले बुधबार बन्द गर्ने  घोषणा गरेको हो । एलेक्सा डटकम अमेजनको सहायक कम्पनी हो । यसले वेब ट्राफिक डेटालाई प्रयोग गरेर चर्चित इन्टरनेट कम्पनीहरुको सूचीकरण गर्ने गर्दछ । यसले एसईओ र कम्पीटिटर एनालाइसिस टूल पनि प्रदान गर्ने गर्दछ । एलेक्सा डटकम सन् २०२२ को मेमा बन्द हुनेछ ।

अमेजनले एलेक्साको नयाँ सब्सिक्रिप्सन बन्द गरिसेको छ । तर पहिले सब्सिक्रिप्सन लिएकाहरूको पनि अमेजन डेटा र एसईओ टूल प्रयोग गर्नुपर्ने हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*