आजको मौसम : यी स्थानमा छ बदली र वर्षाको सम्भावना

टुडे संवादाता
२०७८ मंसिर २३, बिहीबार १३:५७ गते

हेटौंडा / प्रदेश १ का भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली  रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेक अन्य सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागको मौसम सामान्यतया सफा रहने मौसमविद्ले जानकारी दिएका छन् ।

प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

आज राति प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान मौसमविद्ले गरेका छन् । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

महाशाखाले जनाएअनुसार प्रदेश १ र २ का केही भूभागमा राति हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*